Bal-Umang

Bal-Umang

‘जटिल रोगको उपचार नेपालमै सम्भव छ, विदेश जानु पर्दैन’

काठमाडौं । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले जटिल भन्दा जटिल रोगको उपचार नेपालमै सम्भव भएको बताएका छन्।
उनले धेरै खालका जटिल खालका रोग निको पर्ने दक्ष जनशक्ति नेपालमै रहेको बताए।

संसदमा मंगलबार विनीयोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले अपवाद बाहेक सबै रोगको नेपालमै उपचार सम्भव रहेको बताए।

मिर्गौला प्रत्यारोपण, मुटुदेखि नसा सम्मकाे शल्यक्रिया लगायतका रोगको पनि नेपालमै उपचार सम्भव भएको मन्त्री यादवले बताए । उनले भने, ‘विश्वास गरेर यहाँहरू पनि नेपालमै गर्नुस म पनि यही उपचार गराउँछु ।’

विदेश उपचार गर्न जाने कसैले पनि राज्यकोषबाट उपचार खर्च नपाउने उनले संसदबाट बताए । नेपालमै उपचार सुविधा हुँदाहुँदै विदेश जानेहरूलाई रोक्ने कानून बने नभएको यादवको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार