Bal-Umang

Bal-Umang

रेशम चौधरीको पक्षमा संसदमै ओर्लिए सांसद

काठमाडाैँ – रेशम चौधरीलाई नेल लगाइएको घटनाप्रति संसद बैठकमै सांसदहरुले आपत्ति जनाएका छन्। टीकारपुर हत्याकाण्डको अभियोगमा जेल जीवन बिताइरहेका निलम्बित सांसद चौधरीलाई नेल लगाएर अस्पतामा उपचार गरिएको घटनाप्रति प्रमुख प्रतिपक्षी दलका सांसदहरुले आपत्ति जनाएका हुन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले चौधरीमामाथि अमानवीय व्यवहार गरिएको भन्दै विरोध जनाउदै सरकारकाे चर्काे अालाेचना गरे।बैठकमा प्रतिपक्षी कांग्रेसकी सचेतक पुष्पा भुसालले उपचारको क्रममा रहेको कुनै पनि व्यक्तिमाथि अभद्र व्यवहार गर्न नहुने, उसलाई नेल लगाउनु कानून विपरित हुने बताइन् ।

फोक्सो र ढाँडमा समस्या देखिएपछि चौधरीलाई बिहीबार डिल्लीबजार कारागारबाट वीर अस्पताल लगेर उपचार गराइएको थियो । १४ किलोको नेल लगाएको अवस्थामा उपचार भइरहेको फोटो सार्वजनिक भएपछि सरकारले नेल हटाएर उपचार गर्न निर्देशन दिएको थियो ।बैठकमा कांग्रेसका सांसद मीन विश्वकर्माले चौधरीलाई किन अस्पतलामा समेत नेल लगाइयो भनेर प्रश्न गरेका थिए । विशेष समयमा उनले भने, ‘यो सरकार जातीय सद्भाव विथोल्न चाहन्छ । त्यसको उदाहारण हो रेशम चौधरीमाथि गरिएको व्यवहार । त्यही आन्दोलनमा लागेकाहरु यही संसदमा सदस्य हुने उनीमाथि चाहिँ अस्पतालमा समेत नेल किन ?’

सांसद एकवाल मियाँले माओवादी आन्दोलनमा लागेकाहरु माथि कारबाही नभएको अवस्थामा रेशम चौधरीलाई मात्र राजनीतिक प्रतिशोधका आधारमा मुद्दा लगाएको आरोप लगाए ।बैठकमा समाजवादी पार्टीका सांसद राजेन्द्र श्रेष्ठले रेशम चौधरीलाई भेट्न जाँदा कठोर ढंगले उपचार गराइ रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार