Bal-Umang

Bal-Umang

स्वास्थ्य विज्ञान प्रतिष्ठानमा महिलाको मृत्यु, अस्पताल तनावग्रस्त

दाङ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक बिरामी महिलाको मृत्यु भएकाे छ। मृत्युपछि आफन्तहरूले अस्पतालविरूद्द नाराबाजी गरेपछि अवस्था तनावग्रस्त बनेको छ । पखाला र ज्वरोका कारण बिरामी परेकी बंगलाचुली गाउँपालिका ७ सिरुखर्ककी ४९ वर्षीय भिमी साढुको सोमबार बिहान मृत्यु भएको हो ।

आफन्तले भने डाक्टरको लापरबाहीका कारण ज्यान गएको भन्दै शवसमेत उठाउन मानेका छैनन् । मृतकका आफन्तलाई के कारणले मृत्यु भएको भन्ने कुनै जानकारी पनि नदिएको भन्दै शव उठाएका छैनन् ।

स्वास्थ्यकर्मीहरुको लापरबाहीकै कारणले मृत्यु भएको भन्दै पीडित परिवारले कानुनी उपचार खोज्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार