Bal-Umang

Bal-Umang

रेशम चौधरीकाे पक्षमा सांसद चन्दा र प्रदिपले उठाए यस्ताे प्रश्न, प्रचण्डलाई लाग्याे झट्का

जनकपुरधाम । सत्तारुढ दल समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले सरकार सांसद रेशम चौधरीमाथि विभेद गरेको आरोप लगाएका छन्। उनले आइतवारको प्रतिनिधि सभाको बैठकमा सांसद यादवले टिकापुर घटनामा अदालतबाट दोषी ठहर भएका सांसद चौधरी निर्दोष रहेको दावी गर्दै राज्यले अन्याय गरेको बताएका हुन् ।

सांसद चौधरी उपरको राज्यको व्यवहारप्रति आपत्ति जनाउँदै भने, किन चौधरी यस्तो विभेद? राजनीतिक अन्दोलनलाइ किन अर्कै रूप दिइयो?’

उनले सांसद रेशमले थारुको अधिकारका लागि आन्दोलन मात्र गरेको र कसैको ज्यान नलिएको दावी समेत गरे । उनलाई शपथ खुवाएर पनि जेलमा राखिएको भन्दै साँसद यादवले आक्रोश पोखे । उनले सांसद चौधरीलाई फलामे संगालो लगाएर उपचार गरिएकोमा सरकारको कडा पनि आलोचना गरे । यादवले रेशम ‘चौधरी’ भएकै कारण जेल कोँचिएको बताए । उनले भने, ‘यदी उनी चौधरी नभएको भए यतिखेर संसदमा हुन्थ्ये।’सांसद यादवले

सत्तारूढ दल नेकपाका अध्यक्ष तथा सांसद प्रच्णडलाई टार्गेट गर्दै २० औँ हजार मान्छे मार्नेहरु मन्त्री, प्रधानमन्त्री भएको र उनी थारु भएकै कारण जेलमा कोचिएको जिकीर गरे।

त्यस्तै बैठकको विशेष समयमा बोल्दै राजपा सांसद चन्दा चौधरीले बिरामी भएर उपचार गराउँदा पनि रेशम चौधरीलाई २४ केजीको सिक्री लगाएको भन्दै त्यसबारे गृहमन्त्रीको ध्यानाकर्षण गराइन् ।

उपचार गराउँदा नेल लगाउनेलाई प्रधानमन्त्रीले कारबाही गर्न दिएको निर्देशन कार्यान्वयन भए नभएको जानकारी गराउन उनले गृहमन्त्रीसँग माग गरिन् । १० वर्षे जनविद्रोह, गौर हत्याकाण्डका योजनाकारहरु सरकारमा रहेको उल्लेख गर्दै उनले टिकापुर घटना पनि राजनीतिक जनविद्रोह भन्दै उनले सरकारले विभेदको नीति लिएको आरोप लगाइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार