Bal-Umang

Bal-Umang

नेपालमा अब कम्युनिष्ट पार्टी आवश्यकता छैन : डा. राई

 1475 पटक हेरिएको

काठमाडाैँ – सत्तारुढ दल समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य डा. कृष्ण राईले नेपालमा अब कम्युनिष्ट पार्टी आवश्यक नरहेको परिस्थिती श्रृजना भएको बताएका छन्। प्रजातन्त्र, लोकतन्त्रको रटान र कम्युनिष्ट दर्शण, नेपालमा अब दुवै असान्दर्भिक’, उनले अब द्धन्द्ध होइन कामतिर लागौँ गरिबीतिर होइन समृद्धि र समाजवादी यात्रामा लागौँ’

उनले सदिँयौदेखि सत्ताका वरिपरिका सामन्ती वर्ग र राष्टिय ढुकुटी, श्रोत साधनबाट टाढा राखिएका शोषीत, गाउँगाउँमा पीडित जनताबिचको द्धन्द्धमा फस्टाउने राजनीतिक अभियान वा कम्युनिष्ट दर्शण अब कति सान्दर्भिक भन्ने प्रश्न उठ्न थालेको जिकीर गरे।

उनले भने,’ नेपालको सन्दर्भमा कुरा गर्ने हो भने, शोषीत, पीडित जनता सर्वहारा वर्ग र सदिँयौदेखि सत्ताका वरिपरिका सामन्ती वर्ग वा जनताको शत्रु वर्ग(राजसँस्था वा अधिनायकवादी पंचायत व्यावस्था) अब नरहेकोले राज्य सत्ता कब्जा गर्नको निम्ति सर्बहाराहरुलाई संगठित गरेर लडाई लड्ने राजनीतिक अभियान वा कम्युनिष्ट दर्शण बोक्ने कम्युनिष्ट पार्टी अब नेपालमा आवश्यक नरहेको परिस्तिथी देखिएको छ।’

उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवका प्रमुख सल्लाकार समेत रहेका डा राइले अबको नयाँ आध्यय भनेको समाजवदी पार्टीमा एकताबद्ध भएर समृद्धि वा आर्थिक उन्नतीको निम्ति समाजवादी अभियान सकृय हुनु नै यथार्थमा राष्ट्र प्रेम रहेकाे प्रष्टाए। उनले भने,’एक वर्गकाे जातले अर्को वर्ग तथा जातीलाई शोषण नगर्ने समावेशी व्यावस्थाको परिकल्पनाअनुसार कम्युनिष्ट विचार र प्रजातन्त्र, लोक तन्त्र रटी रहने विचार बोकेका सबैलाई समेट्ने समाजवादी सुत्रले मात्र सम्पुर्ण मानव संशाधनलाई विकास निर्माणमा अग्रसर गराउँदै आर्थिक उन्नती र समृद्धि तर्फ लाग्न सकिन्छ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार