Bal-Umang

Bal-Umang

सरकारको बर्बरतापूर्ण हत्याविरुद्ध विप्लवद्वारा आन्दोलन घोषणा

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले आन्दोलन घोषणा गरेको छ । कार्यकर्ता ‘हत्या’को विरोधमा विप्लव समूहले आन्दोलन घोषणा गरेको हो।

पार्टीका महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘फासिवादी सरकारको बर्बरतापूर्ण हत्याविरुद्ध संघर्षका कार्यक्रम घोषणा गर्दछौं ।’

सरकारले लुटको राज्य लम्ब्याउने बदनियतले मुठभेडका नाममा दैनिक निःशस्त्र कार्यकर्तालाई नियन्त्रणमा लिँदै हत्या गरेको दाबीसहित आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । विप्लवले असार ७ गते प्रचारप्रसार, ८ गते कोणसभा र घरदैलो, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्द गर्ने बताएका छन् ।

बिहीबार सर्लाहीमा प्रहरीसँग भएको मुठभेडमा परेर जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको थियो । प्रहरीले दोहोरो मुठभेड भएको बताए पनि विप्लव समूहले भने बाटो ढुकेर पौडेलको हत्या भएको दाबी गरेको थियो ।सरकाले गत फगुन २८ गते उक्त समुहमाथि प्रतिबन्ध लगाएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार