Bal-Umang

Bal-Umang

विप्लव समूहका ५ नेता पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ५ नेता उपत्यकाका विभिन्न स्थानबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नेकपाका रामेछाप जिल्ला इन्चार्ज ककुलदीप तामाङ, दोलखा जिल्ला इन्चार्ज यादव दाहाल, सचिव निशान जिरेल, अखिल क्रान्तिकारीका ताम्सालिङ इन्चार्ज मुकुन्द र उदयपुर जिल्ला इन्चार्ज विकास रहेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीका अनुसार नेकपाका कार्यकर्ताले गोप्य रुपमा संगठन विस्तार लगायतका गतिविधि गरिरहेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेका पक्राउ परेका सबैलाई हातहतियार तथा खरखजना र राज्यद्रोहको मुद्दा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार