Bal-Umang

Bal-Umang

प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच भिडन्त, एककाे ज्यान गयाे

सर्लाही – सर्लाहीको लालबन्दीमा प्रहरी र नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताबीच भिडन्त भएको छ । भिडन्तमा विप्लवका जिल्ला इन्चार्जकाे ज्यान गएकाे छ। लालबन्दी नगरपालिका–१ स्थित जंगलमा बिहीबार भएको भिडन्तमा विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेलकाे ज्यान गएकाे हाे।

दुईवटा मोटरसाइकलमा चार जना आएकोमा एक जनाको मृत्यु भएको र तीन जना फरार भएका छन् । नम्बर नखुलेको एफजेट बाइक र ना २२ प ६४ नम्बरको निलो पल्सर बाइकमा उनीहरु सवार रहेको बताइएको छ ।

यसैबीच घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपीसहितको टोली पुगेको प्रदेश नम्बर २ का प्रहरी प्रवक्ता डीएसपी दानबहादुर थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार