Bal-Umang

Bal-Umang

मलाई सचिवले ढाँटे : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गाैरवकाे मेलम्ची खानेपानी आयोजनाकाे विषयमा खानेपानी मन्त्रालयका तत्कालिन सचिवले ढाँटेकाे बताएका छन्।

उनले भने,’ उक्त आयोजनाकाे प्रगतिबारे आफूलाई मन्त्रालयका तत्कालिन सचिव गजेन्द्र ठाकुरले ढाँटेको हुन्। सचिवले आयोजना सेम्पन्न हुने मिति दिएको केही समयमै ठेकेदार कम्पनी भागेको प्रम ओलीले आरोपसमेत लगाए।

बुधबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको सभा हलमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ४५ औँ बैठकलाई सम्बोधन गर्दै ओलीले भने,‘मैले आजित भएर सचिवलाई मेलम्ची आयोजना सम्पन्न हुने मिति नोटबुकमा लेख्न लगाएको थिएँ। तर त्यसको केही समयमै आयोजनाको ठेक्का पाएको इटालीको सीएमसी नेपालबाट भाग्यो।’

प्रधानमन्त्री ओलीले जिम्मेवारी व्यक्तिको गलत ब्रिफिङका कारण ठूला आयोजना समयमै नसकिने गरेको बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार