Bal-Umang

Bal-Umang

नेकपा र कांग्रेसका दुई दर्जन कार्यकर्ता समाजवादी पार्टीमा प्रवेश

काठमाडौं – सत्तारुढ दल नेकपा र कांग्रेस पार्टीका दुई दर्जन भन्दा बढी नेता तथा कार्यकर्ताहरु समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । शनिबार काठमाडौंको जोरपार्टीमा आयोजित कार्यक्रममा आङछिरिङ शेर्पाको नेतृत्वमा १३ जना युवाहरु समाजवादीमा प्रवेश गरेका हुन् ।

यसैगरी शनिबार नै रामेछाप जिल्ला समन्वय समितिको कार्यक्रममा पनि नेकपाका स्थानीय नेता तथा कार्यकर्ताहरु समाजवादीमा प्रवेश गरेका हुन् । दुवै कार्यक्रममा पार्टीका कार्यबाहक अध्यक्ष राजेन्द्र श्रेष्ठले नवप्रवेशीहरुलाई स्वागत गरेका थिए ।

समाजवादी पार्टीका युवा नेता धनबहादुर तामाङले नेता श्रेष्ठले अबिर र खादा लगाएर नेकपाका कार्यकर्ताहरुलाई स्वागत गरेको बताए । सो अवसरमा नेता श्रेष्ठले प्रवेश गरेकाहरुलाई पार्टीले उचित जिम्मेवारी दिने बताए ।

समाजवादी पार्टी सोलुखुम्बु काठमाडौं सम्पर्क समितिले जोरपाटीमा आयोजना गरेको कार्यक्रममा नेता श्रेष्ठले नेपाली समाज परिवर्तनको सिद्धान्तको रूपमा समाजवादी पार्टीले सम्मुनत सङ्घीय समाजवादलाई अंगीकार गरेको बताउँदै यो नेपालका श्रमजीवी वर्ग र उत्पीडित राष्ट्रियताहरूको मुक्तिको सिद्धान्त भएको बताए ।

उनले आफ्नो पार्टीले सङ्घीयता, सुशासन, समृद्धि र समाजवादलाई चार आधारभूत नीतिको रूपमा लिएको बताउँदै पहिचानसहितको सङ्घीयता र समतामूलक समृद्धिलाई केन्द्रविन्दूमा राखेर काम गर्ने बताए । जेठ १५ मा लोक सेवा आयोगले स्थानीय तहको कर्मचारी भर्नाका लागि गरेको विज्ञापनमा आदिवासी जनजाति, मधेसी, थारु, शिल्पी र पिछडीएको क्षेत्रका जनताको समानुपातिक समावेशीको कोटा घटाएकोतर्फ लक्ष्यित गर्दै त्यो संविधानको धारा ४२.१ र प्रचलित कानुन विपरीत भएकाले खारेज गर्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार