Bal-Umang

Bal-Umang

प्रदेश २ मा ३८ अर्ब ७२ करोडको बजेट, सांसदलाई ३ करोड

जनकपुरधाम – प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मामिला तथा योजनामन्त्री विजयकुमार यादवले आगामी आर्थिक वर्षका लागि आय र व्ययसहितको बजेट आइतबार प्रदेशसभामा प्रस्तुत् गरेका हुन् ।

विनियोजित बजेटमा पुँजीगत खर्चतर्फ १९ अर्ब २६ करोड ६४ लाख र चालु खर्चतर्फ १९ अर्ब ११ करोड ९७ लाख रुपैयाँ रहेको छ । बजेटमा चालु खर्चको अंश ४९.७३ प्रतिशत, पुँजीगत खर्चको हिस्सा ४९।७५ र वित्तीय व्यवस्थातर्फ ०.५२ प्रतिशत रहेको छ ।

बजेटमा गरिब, अतिविपन्न अल्पसंख्यक समुदायको संरक्षण, कृषि क्षेत्रको विकासका लागि आधुनिक एवं व्यावसायिक कृषि प्रणालीको विकास, सरसफाइ र स्वच्छता एवं महिला शिक्षा र सशक्तिकरण, स्वस्थ, सक्षम र उत्पादक जनशक्ति उत्पादन, सामाजिक, सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक पर्यटकीय गन्तव्यको पहिचान र विकास तथा प्राकृतिक सम्पदाको संरक्षण, संघीय सरकार तथा स्थानीय सरकारको साझेदारीमा सन्चालन हुने पूर्वाधार विकास र सेवा प्रवाहसँग सम्बन्धित कार्यक्रमलाई प्राथमिकता, प्रदेश गौरवका आयोजना पहिचान गरी लगानीमा वृद्धि, प्रादेशिक सडक निर्माण, स्वच्छ खानेपानी र सरसफाइको सुविधा उपलब्धलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, राष्ट्रसवेक कर्मचारीले संघीय सरकारले वृद्धि गरेको तलबका अतिरिक्त एक महिनाको अधिक तलब सुविधा दिने र सोका लागि रकमसमेत विनियोजन गरिएको छ ।

‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानका लागि रु ३९ करोड ३७ लाख र मुख्यमन्त्री स्वच्छता अभियानका लागि ३१ करोड रकम बजेटमा प्रस्ताव गरिएको छ ।

त्यस्तै, बजेटमा विद्यालय क्षेत्र विकास कार्यक्रम, कृषि, पशुपक्षी, मत्स्य विकास कोष सन्चालन, खेतखेतमा पानी, हातहातमा काम सिँचाइ योजना, एक पालिका एक पोखरी सौन्दर्यकरण योजना, जनता आवास कार्यक्रम, अँध्यारोमुक्त प्रदेश घोषणा कार्यक्रमका लागि पनि रकम विनियोजन गरिएको छ ।

मधेसी सहिद राजमार्ग घोषणा कार्यक्रम, प्रदेश साझा परिवहन सेवा सन्चालन कार्यक्रम, स्याटलाइट सहर निर्माण सम्भाव्यता अध्ययन, औद्योगिक क्षेत्रहरूको स्थापना र विकास, जनकपुर–बर्दिवास औद्यागिक करिडोर स्थापनाका लागि सम्भाव्यता अध्ययन, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र सुधार, एक जिल्ला एक औद्योगिक ग्राम स्थापना, स्थानीय भाषा, मस्जिद, गुम्बाको संरक्षण र रामजानकी पद चिह्न भएका स्थानको आबद्धतामा रामायण सर्किटसम्बन्धी कार्य गर्न बजेटको व्यवस्था गरिएको छ ।

चुरे जोगाऊँ, मधेस बचाऊँ अभियान, जनतासँग मुख्यमन्त्री कार्यक्रम, प्रादेशिक निकायको संगठन तथा व्यवस्थापनको सर्वेक्षणका लागिसमेत बजेटको व्यवस्था गरिएको छ । रा

बजेटले प्रदेशसभामा निर्वा्चित सांसदलाई ३ करोड र समानुपातिक सांसदलाई १ करोड छुट्ट्याएको छ । बजेटले कृषि, भौतिक पूर्वाधार, पर्यटन र उधोगलाई विशेष प्राथमिकता दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार