Bal-Umang

Bal-Umang

नेकपाजिल्ला नेताहरु समाजवादीमा प्रवेश

खोटाङ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का खोटाङ जिल्ला कमिटि सदस्य कृष्ण थापा समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालको दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटिको समायोजन गर्ने उद्देश्यले शुक्रबार दिक्तेल बजारमा आयोजित कार्यक्रममा कृष्ण थापासहित पदम थापासहित दिलबहादुर क्षेत्र, सर्वधन राई र प्रेम थापा पनि नेकपा परित्याग गरी समाजवादीमा प्रवेश गरेका छन् ।

उनीहरु समाजवादीमा प्रवेश गरेको समाजवादी पार्टीका नेता तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५का अध्यक्ष निर्मल राईले जानकारी दिए । उनीहरुलाई खादा लगाएर पार्टीमा स्वागत गरिएको नेता राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार