Bal-Umang

Bal-Umang

युट्युबर प्रनेश पुनः पक्राउ

काठमाडाैँ – युट्युबर प्रनेश गौतमलाई प्रहरीले पुनः पक्राउ गरेको छ । फिल्म ‘वीर विक्रम–२’ को समीक्षा गरेकै कारण साइबर अपराधको आरोपमा पक्राउ परेका गौतमविरुद्ध जिल्ला अदालत काठमाडौंमा विद्युतिय कारोबार ऐन अन्र्तगत मुद्दा दर्ता भएपछि हिरासतमै राखिएको हो ।

उनीविरुद्ध साइबर अपराधको मुद्दा लगाइएको छ । तर फिल्म समिक्षा गर्दा पक्राउ गरेको भन्दै चौतर्फी आलोचना भएपछि उजुरीकर्ता निर्देशक मिलन चाम्स आफैंले पत्रकार सम्मेलन गरेर छुटाउन पहल गर्ने बताए ।

बिहीबार राति उनी हाजिरी जमानीमा छुटेका थिए । शुक्रबार विहान ६ बजे नै महानगरीय प्रहरी अपराध महाशाखामा उपस्थित भएका उनीलाई पुनः हिरासतमा लिइयो ।

सरकारको वकिलको कार्यालयले मध्याह्न १२ बजेरि मात्र मुद्दा दर्ता गर्यो । उनको मुद्दामा बहस हुन नसकेपछि प्रहरीले हिरासतमा लिएको हो । ‘मुद्दा दर्ता भएपछि हाजिरी जमानीमा छाड्न मिल्दैन भन्नुभयो’ प्रनेशका पिताले भने । नेपाली चलचित्र ‘वीरविक्रम–२’ को ठट्यौली शैलीमा समिक्षा गरेका उनलाई प्रहरीले २४ गते पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार