Bal-Umang

Bal-Umang

कानुनको फितलो कार्यान्वयनले बढ्यो चुरे दाेहन

काठमाडाैँ – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कानुनको फितलो कार्यान्वयनले चुरे दोहन बढेको बताएका छन्। विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन र मनसुन पुर्व तयारी सम्बन्धी बिहीबार जनकपुरमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन
गर्दै उनले भने एउटा निकायले बालुवा, गिट्टी उत्खननमा रोक लगाउँछ, अर्को निकायले उत्खनन गर्नको लागि आदेश गर्छ।, अनि कहाँबाट रोकिन्छ चुरे दोहन।

विपद् जोखिम न्युनिकरणको लागि मानसिक, भौतिक र प्राविधिक रुपमा तयार हुनुपर्ने उनले बताए।प्रदेश २ का जिल्लाहरुमा भइरहेको अत्यधिक बालुवा, गिट्टी उत्खननबारे प्रहरी, प्रशासनलाई जानकारी भएपनि चासो नलिएको मुख्यमन्त्री राउतले आरोप लगाए।

तराई मधेशको लाइफलाइन रहेको चुरे विनास भएपछि यो क्षेत्र मरुभुमिमा परिणत हुने खतरा हुँदाहुँदै प्रहरी प्रशासनको मिलोमतोमा उत्खनन भइरहेको छ । पुर्व पश्चिम राजमार्गमा रहेको धनुषाको कमला र महोत्तरीको रातु नदीमा स्काइभेटरको प्रयोग गरेर बालुवा, गिट्टी उत्खनन भइरहेको छ । विपद् जोखिम न्युनिकरण गर्न प्रदेश सरकारले प्राधिकरण बनाउने तयारीमा रहेको मुख्यमन्त्री राउतले बताए।

बालुवा, गिट्टी उत्खनन सम्बन्धी अधिकार प्रदेश सरकारलाई दिएपनि स्थानीय तहलाई ठेक्काको अधिकार दिएर जटिल बनाएको उनले बताए । विपद् जोखिम न्युनिकरण र पुर्व तयारीमा तीनै सरकारको सहयोग अपरिहार्य रहेको बताउँदै उहाँले कार्यान्वयन पक्षलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार