Bal-Umang

Bal-Umang

सबै खाले सार्वजनिक सवारीसाधनमा १२ प्रतिशत भाडा बढ्यो

काठमाडौं – सबै खाले सार्वजनिक सवारीसाधनमा सरकारले भाडा वृद्धि गरेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दहालले सबै खाले सार्वजनिक सवारीसाधनमा लागू हुने गरी भाडा बढाइएको बताए।

उनका अनुसार १२ प्रतिशत भाडा बढाइएको छ। विभागले मेकानिकल पार्टस्को मूल्य, सवारी साधनको मूल्य, श्रमको दर, इन्धनमा भएको मूल्यवृद्धिलगायतका आधारका भाडादर कायम गरिएको बताएको छ। भाडादर समायोजन गर्ने विषयमा विभागले बुधबार महानगरपालिकासँग छलफल गरेको थियो।

बिहिबार यायायात व्यवसायी, उपभोक्ता कर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर समायोजन गरिएको विभागको भनाइ छ। यायायात व्यवसायीले भाडादर समायोजन गर्नुपर्ने माग राख्दै आएका थिए। यस अघि व्यवसायीले भाडा वृद्धि माग गर्दै गर्दा दशैंअघि सरकारले सार्वजनिक सवारीको भाडा १० प्रतिशत बढाएको थियो। बढेको भाडादर असार १ बाट लागू हुनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार