Bal-Umang

Bal-Umang

थुनामा रहेका रेशम चौधरीको स्वास्थ्य अवस्थामा समस्या

काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपालका सांसद रेशम चौधरी जेलभित्रै बिरामी परेका छन्।टीकापुर घटनामा स‌ंलग्‍न रहेको कसुरमा जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाइएपछि उनी जेलमा सजाय काटिरहेका छन्।

उनको फोक्सोमा समस्या देखिएको चिकित्सकहरूले जनाएका छन् । अदालतबाट जन्म कैदको सजाय पाएका चौधरी हाल डिल्लीबजार कारागारमा छन् । उनको मुद्दा पुर्नावेदनका लागि उच्च अदालतमा पुगेको छ ।

करिब एक सातादेखि जेलभित्रै विरामी परेका चौधरीले राजपाका अध्यक्ष मण्डलका नेताहरुलाई फोन गर्दै आएका छन् । तर राजपाका नेताहरू भने उनलाई भेट्न गएका छैनन् । यसबाट चौधरी निराश भएका छन्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार