Bal-Umang

Bal-Umang

अर्थमन्त्रीलाई टार्गेट गरी संसदमै गर्जिए सांसद यादव

वीरगन्ज – राज्यद्वारा औधोगिक क्षेत्रको परिचित वीरगन्जसँग कर मात्र असुल्ने काम भएको समाजवादी पार्टी नेपालका पर्सा जिल्ला अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य सांसद प्रदिप यादवले आरोप लगाएका छन् ।

मंगलबार संघीय संसदमा युवा तथा खेलकुद मन्त्रालय, शहरी मन्त्रालय तथा अर्थ मन्त्रयालयको विनियोजन विधेयक २०७६ माथिको छलफलमा बोल्दै सांसद यादवले राज्यले वीरगञ्जसँग कर मात्र असुल्ने काम गरेको आरोप लगाए ।

राज्यलाई वीरगञ्जले वार्षिक ४ खर्ब रुपैयाँ दिने गरेको छ तर राज्यले वीरगञ्जलाई बजेट दिन किन कञ्जुस्याई गर्छ रु अर्थ मन्त्रीलाई सांसद यादवले प्रश्न गरे । वीरगञ्ज भन्सार, आइसिपी, सुख्खा बन्दरगाह लगायत उद्योगहरुबाट वार्षिक ४ खर्ब लिने अर्थ मन्त्रीज्यू तर वीरगञ्जको विकासका लागि वीरगञ्जलाई बजेट दिने बेला किन कञ्जुस्याई गर्नु हुन्छ ? सांसद यादवले प्रश्न गरे ।

वीरगञ्जलाई देशकै आर्थिक राजधानीको रुपमा विकास गर्न शहरी विकास प्राधिकरण गठनको माग समेत गर्दै सांसद यादवले त्यसका लागि विशेष बजेट समेत छुटयाउन अर्थमन्त्रीलाई आग्रह गरे । जुन सरकार आएपनि जुन अर्थमन्त्री आएपनि वीरगञ्जलाई हेर्ने नजरिया परिवर्तन भएको छैन । त्यसकारण अब कर लिने मात्र हैन वीरगञ्जको पूर्वाधार लगायत हरेक क्षेत्रमा विकासका लागि विशेष बजेट छुटयाउनु पर्ने माग गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार