Bal-Umang

Bal-Umang

उपससचिवकाे यस्ताे अनैतिक धन्दा, छाेरीले उजुरी दिएपछि पक्राउ

काठमाडाैँ –  नेपाल सरकारका एक जना उपससचिव छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । १८ वर्षीया छोरी नाम परिवर्तन रमालाई बलात्कार गरेको आरोपमा यादव थार भएको उपसचिव पक्राउ परेका हुन् ।

पीडित छोरीले ललितपुर प्रहरी परिसरमा उजुरी गरेपछि उनी पक्राउ परेका हुन् । उनले तीनरचार वर्षदेखि बलात्कार गर्दै आएका पीडित छोरीले बताएकी छिन् । ४५ वर्षका उपसचिवलाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार महोत्तरी सोनमा गाविस–५ घर भई हाल ललितपुर धोविघाट बस्दै आएका ४५ वर्षीय यादवले छोरीलाई बारम्बार बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

आफ्नै घरमा यादवले विदेशतिर छोरीलाई बलात्कार गर्छन नेपालमा पनि गर्दा केही हुँदैन भन्दै छोरीलाई बलात्कार गर्दै आएको अनुसन्धानको क्रममा देखिन आएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्र धानुकले वताएका छन ।

घरमा कोही नभएको मौकामा यादवले विगत ३र४ वर्षदेखि यादवले छोरीलाई आमा अहिले आउँदिन भन्दै, डरधम्की देखाई बलात्कार गर्दै आएको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । १२ कक्षामा अध्ययनरत किशोरी कलेजमा एक शिक्षककसँग प्रेममा रहेको र शिक्षककै दबाबको कारण किशोरीले प्रहरीमा जाहेरी दिएपछि घटना बाहिर आएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार