Bal-Umang

Bal-Umang

प्रदेश २ : नीति तथा कार्यक्रम बुहमतले पारित, नेकपाका सांसदकाे संशाेधन प्रास्तव अस्वीकृत

जनकपुरधाम – प्रदेश २ को नीति तथा कार्यक्रम बुहमतले पारित भएको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि हालिएको संशोधन सांसदहरूले फिर्ता लिएपछि बहुमतले पारित भएको हो ।

सोमबार प्रदेशसभाको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । सत्तारुढ तथा प्रतिपक्षी दलका नेताहरुले संशोधन हालेपछि सरकार अल्पमतमा परेको थियो। तर सांसदहरुले दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिएपछि पारित भएको हो।

राजपाका सांसदहरु मनिष सुमन, विदेश्वर यादव ‘बिक्की’, डा. रिना यादव, नेत्रबिक्रम साह र सचेतक परमेश्वर साहले संशोधन दर्ता गराएका थिए । पछि पाँचै जनाले संशोधन फिर्ता लिएका थिए । नेकपाका सांसदहरुले पनि संशोधन हालेका थिए । तर, बहुमतले अस्वीकृत भएको थियो । नेकपाका सांसदहरु रामचन्द्र मण्डल, किशोरी साह, ज्वालाकुमारी साह, सुन्दरबहादुर विक र दिलिप साहको संशोधन अस्वीकृत भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार