Bal-Umang

Bal-Umang

‘पार्टी नेतृत्वमा अलग–अलग धार छैन, संविधान संशोधनप्रति कटिवद्ध’

काठमाडाैँ – समाजवादी पार्टीले पार्टी नेतृत्वमा अलग अलग धार नरहेको बताएको छ । हालै केही दिनयता मिडियाहरुमा पार्टी नेतृत्वबारे भ्रमपूर्ण समाचार आइरहेको भन्दै ध्यानाकर्षण भएको  जनाएको छ। समाजवादी पार्टीका उपमहासचिव प्रकाश अधिकारीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी नेतृत्वमा अलग–अलग धार नरहेको स्पष्ट पार्दै सरकारमा बस्ने नबस्ने भन्ने विषय राजनीतिक र रणनीतिक सवाल भएको
बताएका छन् ।

‘समाजवादी पार्टीले सरकार छोड्दैछ’ भन्ने समाचारहरु आएपछि विज्ञप्ती निकालिएको हो । तर सरकारमा बस्ने वा नबस्नेबारे पार्टीको प्रष्ट धारणा भने विज्ञप्तीमा उल्लेख छैन । ‘सरकारमा जाने र छाड्ने राजनीतिक दलको लागि विशुद्ध राजनीतिक रणनीतिक विषय हो,’ विज्ञप्तीमा उल्लेख छ, ‘यस विषयलाई कसैको व्यक्तिगत सवालसँग जोडेर हेर्नु उपयुक्त हुँदैन ।’ पार्टीले उठाउदै आएको संविधान संशोधनप्रति पनि कटिवद्ध रहेको जनाइएको छ ।

‘संघीयता र गणतन्त्रलाई अझै मजबुद बनाउन एवम् मुलुकमा विद्यमान सबै प्रकारका विभेद, असमानता हटाउन, सामाजिक न्याय र सुशासन कायम गर्ने र सामाजिक रुपान्तरण गर्दै समुन्नत समाज गर्ने आफ्नाे मुख्य अभिष्ट बोकेको समाजवादी पार्टी नेपालप्रति कही कतै भ्रम र पूर्वाग्रह नराख्न सबैमा अपिल गर्दछौ,’ विज्ञप्तीमा भनिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार