Bal-Umang

Bal-Umang

बानेश्वरबाट टोले गुण्डा पेस्तोलसहित पक्राउ

काठमाडौं – काठमाडौंको बानेश्वरस्थित गैरीगाउँबाट प्रहरीले टोले गुण्डालाई पेस्तोलसहित पक्राउ गरेको छ। सोलुखुम्बुका साङ्गेल शेर्पालाई प्रहरीले उक्त अवैध पेस्तोलसहित पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका एसएसपी उत्तमराज सुवेदीले घटनाबारे पुष्टि गरे पनि थप विवरण खुलाएनन् ।‘अनुसन्धान गरिरहेका छौं’, उनले भने ।

काठमाडौं प्रहरीको नयाँ प्रमुखको रूपमा जिम्मेवारी पाएपछि एसएसपी सुवेदीले टोले गुण्डाको हिसाबकिताब गर्ने बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार