Bal-Umang

Bal-Umang

गृहमन्त्रीविरुद्ध यसरी उत्रिए प्रर्दशनकारी

काठमाडाैँ – गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको विरोधमा आइतवार माइतीघरमा गरिएको प्रर्दशनमा प्रहरीले दमन गरेको विरोधमा मसाल जुलुस निकालिएको छ।

आइतबार बेलुकी असन, इन्द्रचोक, न्यूरोड, लगन हुँदै बसन्तपुर पुगेर पुगेर कोणसभा गर्दै मसाल जुलुसमा  प्रदर्शनकारीहरुले सरकारविरुद्ध नारा लगाएका छन्। मसाल जुलुसका क्रममा सहभागी गुठीयारहरुले प्रहरीले दमन गरेको गृहमन्त्री रामबहादुर थापाको राजीनामा समेत माग गरेका हुन्।

कोणसभामा बोल्दै नेवास् देय् दबूका अध्यक्ष नरेश ताम्राकारले सरकारले गुठी विधेयकबाट नेपालको धर्म संस्कृतिमाथि प्रहार गरेको आरोप लगाउँदै भने, ‘सरकार होली वाइनलाई बढावा दिँदै नेपालीपन नामेट पार्ने प्रयास गरिरहेको छ। यसको विरुद्ध हामी सशक्त संघर्ष गर्छौं।’

नेवास् दय् दबू लगायतका संघ संस्थाले यो आन्दोलन सुरुवात मात्रै भएको भन्दै सरकारले विधेयक फिर्ता नलिए थप संघर्ष गर्ने बताए। सरकारले संघीय संसदमा केही दिनअघि उक्त विधेयक दर्ता गराएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार