Bal-Umang

Bal-Umang

भीभीआईपीको सवारीले सर्वसाधारणलाई सकस

काठमाडाैँ – पछिल्लो समय भीभीआईपीको सवारीले सर्वसाधरण मारमा पर्ने गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा सरिक हुन जाँदा पुरै सडक खाली गराइपछि सार्वसाधारणलाई सास्ती खेप्नु परेको छ।

आइतबार ललितपुरको जावलाखेलमा भोटो देखाउने जात्रामा सरिक हुन जाने क्रममा पुरै सडक खाली गराइएको थियो। राष्ट्रपतिको सवारीका कारण दुईतर्फि नै सडक खाली गरिएको थियो। दुईतर्फि सवारी साधन अवरुद्ध हुँदा जनताले सास्ती भोग्नु परेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार शीतल निवास, पानीपोखरी, सांग्रिला होटेल, लैनचौर, केशरमहल, संग्रहालय गेट, महेन्द्रशालिक, घण्टाघर, पुरानो बसपार्क, भद्रकाली, सिहंदरबार, माइतीघर, थापाथली, कुपण्डोल र पुल्चोक हुँदै चल्ने सवारी साधनहरु दुईतर्फी रुपमा प्रभावित भएका थिए। उक्त मार्ग भएर चल्ने सवारी साधनहरुले वैकल्पिक मार्गको प्रयोग गरिएको जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार