Bal-Umang

Bal-Umang

सत्तारुढ नेकपाका दर्जनौ नेता समाजवादी पार्टीमा प्रवेश

काठमाडौं – सत्तारुढ दल नेकपाका नेता सरोजकुमार सिंहसहित दर्जनौं नेता कार्यकर्ताहरू समाजवादी पार्टी, नेपालमा प्रवेश गरेका छन् ।

काठमाडौंमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टी सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले नव प्रवेशीलाई अविर र खादा लगाएर स्वागत गरेका छन् ।

नव प्रवेशीले विगत लामो समयदेखि पूर्व नेकपा एमालेमा निष्ठापूर्वक काम गरेको जानकारी गराउँदै हाल बाम गठबन्धनले बहुमत प्राप्त गरी पार्टी एकतासम्म आइपुग्दा पार्टीले घोषणा पत्रमार्फत जनता सामु गरेका बाचा पूरा नगरी सूचनाको हकबाट समेत पार्टी कार्यकता तथा जनतालाई बञ्चित गरेको, पार्टीका कुनै पनि गतिविधि सन्तोषजनक नभएको आरोप लगाएका छन् ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु पूर्णबहादुर बस्नेत, कमला बिश्वकर्मा, इश्वर रिजाल, केशव अर्यालको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार