Bal-Umang

Bal-Umang

मेयरको पक्षमा विमानस्थलमै घन्कियो यस्तो नारा

इटहरी – इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको पक्षमा विराटनगर विमानस्थलमै भब्य स्वागत र नारा लगाइएको छ ।
शुक्रबार काठमाडौंबाट विराटनगर आइपुगेका मेयर चौधरीलाई भ्रष्टाचार विरोधी युवाहरुको समूहले फुलमाला लगाइ दिएर भब्य स्वागत गरेका हुन्।

उनीहरुले ‘भ्रष्टाचारको विरोध गरौ, भ्रष्टाचारी कर्मचारी चाहिँदैन, अघि बढ्नुस् मेयरसाप जनता तपाईको साथमा छन्, जथाभावी कमल चलाउन पाइँदैन, द्वारिकलाल चौधरी जिन्दावाद’ भन्दै नारा लगाए।मेयरको विपक्षमा भन्दा पनि पक्षमा धेरै जनताको आवाज आइरहेको छ । सामाजिक सञ्जालमा पनि मेयरको पक्षमा कमेन्टहरु आइरहेका छन् ।

मेयर चौधरीले स्थानीय विराट अनुपम नामक पत्रकारलाई नाकको हड्डी भाच्ने धम्की दिएपछियो  चर्चाको विषय बनेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार