Bal-Umang

Bal-Umang

प्रदेश लोकसेवा गठन गर्न सत्तारुढ दलको माग

काठमाडाैँ – सत्तारुढ दल समाजवादी पार्टी नेपालले प्रदेश लोकसेवा गठन गर्न सत्तारुढ दलको माग गरेको छ। हालै लोकसेवा आयोगले स्थानीय तहका लागि भनेर करिब ९ हजार भन्दाबढी कर्मचारी भर्ना सम्बन्धि विज्ञापन सुचना संविधानको मूल मर्म विपरित प्रकाशित गरेकोप्रति समाजवादी पार्टी नेपालको गम्भीर ध्यानाकर्षण समेत भएको छ ।

पार्टीका ओखलढुंगा अध्यक्ष नेत्रबहादुर नेम्वाङ(नरेश)ले प्रेस विज्ञप्ती जारी गरी लोक सेवा आयोगको विज्ञापन संविधानको मूल मर्म, भावना र सिद्धान्तविपरीत भएको तथा संविधानको धारा ४२ विपरीत भएको जनाएका हुन् ।

स्थानीय सरकार संचालन ऐनले स्थानीय तहका कर्मचारीको पदपूर्तिको प्रदेश लोकसेवा आयोगबाट गरिने स्पष्ट व्यवस्था हुँदा हुँदै संघीय लोकसेवा आयोगले समानुपातिक र समावेशिता समेतको संविधानिक र कानुनी दायरा भन्दा बाहिर गएर स्थानीय तहका कर्मचारी भर्ना गर्न लागेको हुँदा समाजवादी पार्टी नेपाल घोर आपत्ति र विरोध गर्दछ भनी जारी विज्ञप्तिमा उल्लेख छ।

लोक सेवा आयोगले केही दिनअघि मात्रै स्थानीय तहका लागि ९ हजार १ सय १६ जना कर्मचारीका लागि विज्ञापन जारी गरेको थियो । संघीय गणतन्त्र, संघियतालाई सुदृढ गर्दै समाजवाद मार्फत मुलुकलाई समृद्धितिर अघि बढाउन संविधान जारी भइ कार्यान्वयनको अवस्थामा छ। विकेन्द्रीकृत राज्य व्यवस्था स्थापना गरी सबै निकायमा समान अधिकार बाँडफाँड सिद्धान्तमा राज्य अघिअघि बढीरहेको अवस्थामा यस्तो सरकारले यस्तो कदम चाल्नु राम्रो नभएको अध्यक्ष नेम्वाङले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार