Bal-Umang

Bal-Umang

समाजवादी पार्टीको जनवर्गिय संगठनबीच एकिकरण

काठमाडाैँ – संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकीकरण भएसँगै पोर्चुगलमा दुवै पार्टीका प्रवास रहेको जनवर्गिय संगठनबीच पनि एकीकरण हुने भएको छ।

एकीकरण पश्चात “नेपाली समाज पोर्तुगल” नाम रहने भएको छ । एकता समितिको नेतृत्व साबिकको सघीय समाजले गर्ने समझदारी बनेको छ । शनिबार सम्पन्न नेपाली संघीय समाज पोर्चुगल र अन्तर्राष्ट्रिय नेपाली समाज पोर्तुगलको संयुक्त बैठकले एकीकरण गर्ने निर्णय गरेको हो ।

प्रवास सङ्गठनको एकीकरणपछि नेपाली समाज पोर्तुगलको पूर्ण कार्यसमितिको घोषणा भने जुन २३ तारिखका दिन गर्ने बताइएको छ । संयुक्त बैठकले आसन्न गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको निर्वाचनलाई लक्षित गरी संगठनले व्यापक सहभागी हुन भरपूर प्रयत्न गर्ने निर्णय गरेको छ ।

संयुक्त बैठकमा नेपाली जनसम्पर्क समिति कोरियाको पूर्वमहामन्त्री र पूर्व कार्यवाहक सभापति तथा पूर्व महासमिति सदस्य आनन्द गुरुङ नेपाली काङ्ग्रेस परित्याग गरी समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।फोरम र नयाँ शक्तिले गत बैशाख २३ गते पार्टी एकता गरेर समाजवादी पार्टी नेपाल गठन भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार