Bal-Umang

Bal-Umang

लोकसेवाको विज्ञापन संविधानको मूल मर्म विपरित(विज्ञप्ति)

काठमाडाैँ – हालै लोकसेवा आयोगले स्थानीय तहका लागि भनेर करिब ९ हजार भन्दाबढी कर्मचारी भर्ना सम्बन्धि विज्ञापन सुचना संविधानको मूल मर्म विपरित प्रकाशित गरेकोप्रति सत्ता रुढ दल समाजवादी पार्टी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।

पार्टीका उपमहासचिव तथा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले प्रेस विज्ञप्ती जारी गरी लोक सेवा आयोगको विज्ञापन संविधानको मूल मर्म, भावना र सिद्धान्तविपरीत भएको तथा संविधानको धारा ४२ विपरीत भएको जनाएका हुन् ।

स्थानीय सरकार संचालन ऐनले स्थानीय तहका कर्मचारीको पदपूर्तिको प्रदेश लोकसेवा आयोगबाट गरिने स्पष्ट व्यवस्था हुँदा हुँदै संघीय लोकसेवा आयोगले समानुपातिक र समावेशिता समेतको संविधानिक र कानुनी दायरा भन्दा बाहिर गएर स्थानीय तहका कर्मचारी भर्ना गर्न लागेको हुँदा समाजवादी पार्टी नेपाल घोर आपत्ति र विरोध गर्दछ भनी जारी विज्ञप्तिमा उल्लेख छ।

लोक सेवा आयोगले केही दिनअघि मात्रै स्थानीय तहका लागि ९ हजार १ सय १६ जना कर्मचारीका लागि विज्ञापन जारी गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार