Bal-Umang

Bal-Umang

भारतीय लोकसभा निर्वाचनको मत परिणाम माेदीकाे पक्ष

काठमाडाैँ – १७ औं भारतीय लोसकभा निर्वाचनको मतगणनाअनुसार वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी(भाजपा) नेतृत्वकाे एनडीएले बहुमत प्राप्त गरेको छ। यसपटकको निर्वाचनमा भाजपाले सन् २०१४ को निर्वाचनमा भन्दा बढी मत पाएको हो। सन् २०१४ मा भाजपाले २ सय ८२ स्थानमा जितेको थियो।

एक क्षेत्रबाहेक ५ सय ४२ क्षेत्रमा निर्वाचन भएको थियो। बहुमतका लागि भने २ सय ७२ सिटमा जित हात पारे पुग्छ। तर, भारतीय निर्वाचन आयोगका अनुसार भाजपाले कूल ३ सय ३ सिटमा जित हात पारेको छ।

उता भारतीय राष्ट्रिय कांग्रेस भने यसपटक पनि संसद्‌मा औपचारिक विपक्षीको मान्यता पाउन समेत असमर्थ भएको छ। कांग्रेस जम्मा ५२ क्षेत्रमा मात्रै विजयी भयो। भारतीय संसद्‌मा विपक्षीको औपचारिक मान्यता पाउन कूल सिट ५ सय ५५ को १० प्रतिशत स्थानमा जित हासिल गर्नुपर्ने हुन्छ।

जसअनुसार एक्लै ५५ सिट जितेको पार्टीले मात्रै भारतीय संसद्‌मा विपक्षीको मान्यता पाउँछ। कांग्रेस सन् २०१४ को निर्वाचनमा पनि विपक्षी दलको मान्यता पाउन असमर्थ भएको थियो। उक्त निर्वाचनमा कांग्रेस जम्मा ४४ सिटमा मात्रै विजयी भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार