Bal-Umang

Bal-Umang

विप्लव समूहका कार्यकर्तासँग प्रहरीको मुठभेड, एक जना घाइते

काठमाडौं – भोजपुरमा नेत्रविक्रम चन्द‘विप्लव’ समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ। टेम्केमैयुङ गाउँपालिका १ अन्तर्गत धोत्लेखानी जंगलमा लुकीछिपी बसेका विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको हो।

धोत्लेखानी जंगलमा हतियारसहित करिब ३५ जनाको समूहमा चन्दका कार्यकर्ता बसेर स्थानीयमा त्रास फैलाएकोविशेष सूचनाको आधारमा प्रहरीले गस्ती गर्ने क्रममा देखेपछि पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै गोली हान्नेपछि प्रहरीले जवाफी फायरिङ गरेको गरेको थियो । गस्तीमा पुगेका जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयका प्रहरीमाथि विप्लव समूहका कार्यतकाले गोली हानेका थिए। त्यसको जवाफी कारवाहीमा प्रहरीले चलाएको गोली लागेर विप्लव कार्यकर्ता तीर्थराज घिमिरे घाइते भएका छन्।

घिमिरेको खुट्टामा गोली लागेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले जानकारी दिए। घटनास्थलबाट चन्द नेतृत्वको नेकपाका दस्तावेज फेला परेको प्रहरीले जनाएको छ। त्यस्तै प्रहरीले १ थान पेस्तोल, ५ थान गोली, बाइनोकुलर १, डेटोनेटर २० मिटर, बारुदसहित विस्फोटक पदार्थ समेत बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार