Bal-Umang

Bal-Umang

प्रधानमन्त्रीलाई मारिदन्छु भन्ने कमेन्ट गर्ने युवा बनेश्वारबाट पक्राउ

काठमाडौं – सत्तारुढ दलका नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५० लाख रुपैयाँ दिए मारिदन्छु भन्ने एक युवा पक्राउ परेका छन्।

‘५० करोड दिनुस् भारतीय प्रधानमन्त्रीलाई मारिदिन्छु’ भन्ने शीर्षकको समाचारको कमेन्टमा एक युवाले ५० लाख दिए ओलीलाई मारिदिन्छु भनेर कमेन्ट गरेका थिए।

पक्राउ पर्नेमा फेसबुकमा सलिम योन्जन तामाङ भाई नाम राखेका सिन्धुपाल्चोक लिसाँखु गाउँपालिका–२ का ३४ वर्षीय लालबहादुर तामाङ छन्।

उनलाई सोमबार बानेश्वरबाट पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ। विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम कारबाहीका लागि उनलाई महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार