Bal-Umang

Bal-Umang

संविधान संशोधन नभए आन्दोलनमा जाने चेतावनी, ओली सरकारलाई लाग्यो झट्का!

पोखरा । उपप्रधान तथा स्वस्थ्य मन्त्री उपेन्द्र यादवले विगतमा तत्कालिन संघीय समाजवादी फोरम नेपालसँग गरिएको सम्झौता सरकारले संविधान संशोधन गर्नुपर्ने बताएका छन्। उनले संविधान संशोधन नभए आन्दोलनमा जाने चेतावनी समेत दिए ।

नवगठित समाजवादी पार्टी नेपालको अध्यक्षसमेत रहेको यादवले गण्डकी प्रदेशको पोखरामा आयोजित पार्टीको प्रादेशिक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले समाजवादी पार्टीसँग गरेको प्रतिवद्धताअनुसार संविधान संशोधन गर्नुपर्ने बताए।

आन्दोलनबाट प्राप्त उपलब्धिको संरक्षण तथा समृद्ध नेपाल निर्माणका लागि आफू सरकारमा सहभागी भएको उल्लेख गर्दै उपप्रधानमन्त्री यादवले प्रतिवद्धताअनुसार संविधान संशोधन नभए सडक संघर्षमा उत्रिने चेतावनी दिए । ‘देशले पाएको संघीयता अपांग छ।,’ उनले भने, ‘यसको उपचार, संरक्षण गर्ने दायित्व सबैको भएकाले संविधान निर्माणमा भएको त्रृटि सच्याउन संशोधन गर्नुपर्छ ।

मन्त्री यादवले सडक संघर्षमा उत्रिने चेतावनी नेकपा दुर्इ तिहाइकाे कम्युनिष्ट सरकारलार्इ झट्का नै लागेकाे छ।

सरकारले अहिले पनि शक्ति विकेन्द्रीकरण गरे पनि अधिकार नदिएर संघीयतालाई कमजोर बनाउँदै ध्वस्त बनाउन लागेको आरोप लगाए । मुलुकमा विद्यमान राजनीतिक, सामाजिक तथा लैगिंक विभेदको अन्त्य गर्दै समावेशितासहितको समृद्ध मुलुक निर्माणको यात्रा जारी रहेको र विचार मिल्ने राजनीतिक दलहरुसँग एकीकरण गर्दै जान यादवको भनाइ छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार