Bal-Umang

Bal-Umang

धरौटी बुझाएर छुटे अख्तियारका पूर्वआयुक्त पाठक

काठमाडौँ — विशेष अदालतको आदेशअनुसार धरौटी बुझाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकले तारेखमा छुटेका छन् ।

अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले पाठकलाई ७८ लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको थियो । पाठकले धरौटी बुझाएपछि अदालतबाट छुटेका हुन् । अब उनले थुनामा नबसी आफूमाथिको आरोपको प्रतिवाद गर्न पाउने भएका छन् ।

७८ लाख रुपैयाँ घूस बुझेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेपछि उनी बुधबार विशेष अदालतमा उपस्थित भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार