Bal-Umang

Bal-Umang

एभिन्युज च्यानलका पत्रकारलाई कारवाहीकाे माग

काठमाडाैँ – समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग लिइएको अन्तर्वार्ताका क्रममा प्रयोग गरिएका अशिष्ट भाषाशैली र शब्द चयनका विषयलाई लिएर तराइ मधेश प्रदेश कमिटी प्रदेश २ ले आपत्ति जनाएको छ। उपेन्द्र यादव उपर एक टिभीका अन्तरवार्ता प्रस्तोताले दुरव्यवहार गरेको भन्दै कारवाहीको मागसमेत गरिएको छ ।

एभिन्युज च्यानलमा अन्तर्वार्ताका क्रममा अध्यक्ष यादवको मानमर्दन एवं अपमानित हुने गरी पत्रकार आचारसंहिता विपरीत सोधिएका प्रश्न र सञ्चारकर्मीको अभद्र एवं पूर्वाग्रही प्रस्तुतिप्रति गम्भीर ध्यानाकर्षण भएको प्रदेश २ कमिटीका अध्यक्ष विजय यादवद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
यादवलाई दुरव्यहार गर्ने पत्रकारलाई कारवाहीको लागि सम्बन्धित निकायसँग माग गर्दै त्यस्तो नगरे निषेधात्मक कार्य गर्न बाध्य हुने जारी विज्ञप्तिमा उल्लेख छ।

टिभी च्यानलको आग्रहलाई सहजै स्वीकार गरी अन्तरवार्ताको लागि तयार भएका उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई सुनुयोजित तरिकाबाट मानमर्दन हुने गरी दुरव्यवहार गरेको आरोप लगाउँदै पूर्वाग्रही मानसिकताले ओतपोत भएर अन्तरवार्ता गरेको आरोप लगाइएको हो ।
राज्यको चौथो अंगको रुपमा स्थापित सँचार जगत आचार संहिता भित्र रहेर संयमित, मर्यादित र शिष्ट दंगले अगाडी बढनु आवश्यक देखिन्छ । देशको गरिमामय व्यक्तित्वलाई अभद्र व्यवहार गर्ने अशोभनीय प्रश्न सोध्ने र आपत्तिजनक शब्दहरुको प्रयोग गर्न पत्रकारको कृयाकलापले पूर्ण नियोजित रुपमा गरिएको हाम्रो ठहर छ ।

मिडिया जगत तथा प्रेस स्वतन्त्रताका पक्षमा वकालत गर्दै आएका अध्यक्ष यादवसहित समाजवादी पार्टी, नेपालले प्रेस स्वतन्त्रता र मर्यादालाई सँधै सम्मान गर्दै आएको विज्ञप्तिमा प्रष्ट पारिएको छ । सो पार्टीले पत्रकारिताको आचरण विपरीतका यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्न र पत्रकारिता जगतलाई अझै सम्मानित एवं मर्यादित बनाउन सञ्चार गृह, सञ्चारकर्मी र प्रेस काउन्सिललगायत निकायलाई अपिलसमेत गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार