Bal-Umang

Bal-Umang

सभामुख महरामाथि देउवाले लगाए यस्ताे गम्भीर आरोप, जसमा मुछिए ओली

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख कृष्णबहादुर महरामाथि असक्षता र कमजाेर भएकाे आरोप लगाएका छन्।उनले महरालाई इतिहासकै सबैभन्दा कमजोर सभामुख भएकाे समेत टिप्पणी गरे।

कांग्रेस सभापति देउवाले मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले बोलेको गैर संसदीय भाषालाई डिलिट गर्न आफ्नो पार्टीले पटक पटक आग्रह गर्दा पनि सभामुख महराले डराएर सो काम गर्न नसकेको आरोप पनि लगाए।

मंगलबार सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले गरेको पुरक प्रश्नलाई प्रधानमन्त्री ओलीले ‘निम्छरो’ भनेपछि कांग्रेसले आपत्ति जनाउँदै सो शब्द संसदको रेकर्डबाट हटाउन माग गरेको थियो। सो गैरसंसदीय शब्द संसदको रेकर्डबाट नहटाएको भन्दै सभापति देउवाले सभामुख महराप्रति आक्रोश व्यक्त गरे। बुधबार काठमाडौंमा आयोजित पार्टीको राष्ट्रिय जागरण अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै सभापति देउवाले प्रधानमन्त्रीले बोलेको सो गैरसंसदीय भाषा हटाउन नसकेर सभामुख महराले निरिहता प्रकट गरेकाे आरोप लगाए।

देउवाले प्रधानमन्त्री ओलीलाई जथाभावी नबोल्न पनि सचेत गराएका छन्। उनले कम्युनिष्ट शासन आएकाले राष्ट्रपति बेलायती महारानीको शैलीमा प्रस्तुत भएको दाबी गरे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार