Bal-Umang

Bal-Umang

उपेन्द्र र बाबुरामको एकिकरणले प्रचण्डको दुख्यो टाउको

काठमाडौं । संघीय समाजवादी फोरम,नेपाल र नया शक्ति नेपालबिच एकीकरण भई समाजवादी पार्टी, नेपालको निमार्ण भएको छ । नेपालको राजनीतिक घटना क्रममा यसले ठूलो महत्व राख्ने राजनीतिक विश्लेषकहरुको भनाई छ ।

विगत लामो समय जनयुद्ध लडेर गणतन्त्र स्थापना गरेका प्रचण्ड र बाबुरामको व्यक्तित्वको टकराव सबैको लागि लुकेको विषय होइन । युद्धकालमा एक अर्काको ज्यान लिनेसम्मको दुश्मनी हामी सबैलाई थाहा छ। माओवादी पार्टीभित्र पनि दुबै नेता विच चर्काे बिबाद भएर अन्तत बाबुरामले पार्टी नै अर्काे बनाएर नया विचार स्थापना गर्न लागि परे उता प्रचण्डले चुनावी परिणामलाई आकलन गरेर एमाले सँग पार्टी मिलाएर अगाडी बढे ।दुबै बाटो फरक तर पनि ब्यक्तित्वको टकराव कायम नै रहेको पाइयो।

पछिल्लो समय प्रचण्डको व्यक्तित्व बाबुराममाथि हाबी भएको पाइयो । बाबुराम नेतृत्वको पार्टीको आकार साँघुरिएसंगै बाबुराम माथि प्रचण्ड हाबी भए । सत्ता र सरकार दुबैको प्रभावले प्रचण्डले बाबुराम माथि लगातार प्रहार गरिरहे। चौतर्फी घेरा हाले बाबुरामलाई लक् एण्ड स्टण्डिङ पोजिसनमा राखि दिए।विस्तारै शक्ति र साथ गुमाएका बाबुरामले यो कुरा राम्रो गरी बुझेका छन् ।

उपेन्द्र यादव र अशोक राईको संगठनमा बाबुराम भट्टराईको विचारले आन्दोलनको रुप धारण गरे देशमा नयाँ राजनीतिक घटना क्रमको विकास हुने डर सत्तारुढ दल नेकपा अध्यक्ष प्रचण्ड भएको छ ।

प्रतिकुल परिस्थितिलाई अनुकुल बनाउन बाबुराम पनि माहिर छन् । त्यसैले विगतमा चुनावी सारथी रहेको उपेन्द्रको पार्टीसंग एकता गरेर केही भए पनि अझ बढी क्षयीकरण हुन नदिने र एमाले र माओवादी पार्टी एकीकरणबाट असन्तुष्ठ पक्षलाई आपनो पक्षमा पार्ने दाउमा छन्।

हिजो आफुलाई छोडेर गएका साथीहरुलाई पुनः ल्याउन सकिने बिश्वासमा बाबुराम छन् । प्रचण्डलाई पनि यो बिषयमा ठुलो डर छ । फेरी बाबुरामले शक्तिको निमार्ण गरे भने अहिले पनि ठुलो समुह बाबुरामको पक्षमा जाने सम्भावनालाई प्रचण्डले नबुझेका होइनन् । उपेन्द्र संग बाबुरामको एकताले प्रचण्डलाई किन टाउको दुखाईको विषय बनेको छ ? ओलीको कारण पार्टी भित्रको निरन्कुश प्रवृत्तिको अहिले ठूला नेताहरुले नै खुलेर विरोध गरेका छन् । एमाले र माओवादी एकिकरण हुदा माथिबाट जिल्ला कमिटि बनाएर पठाएका छन् । यो विषय आन्तरिक रुपमा ठूलो कलहको विषय बनेको छ ।

यो कलह विस्फोट भयो भनेपहिला बाबुराम नयाँ शक्तिमा मात्र हुदा पुर्व माओबादीहरु पुनः नयाँ शक्तिमा फर्केर जाने सम्भावना कम थियो । तर अब ओली कै शैलीमा प्रचण्डले साथ दिए पुर्व माओवादी कोही विचार कै आधारमा कोही संगठन भित्रको पुर्व एमालेकाहरुको पेलाईको कारण कोही उचित स्थान पाउन नसकेको कारण अथवा पहिला बाबुराम जी पार्टी चलाउन सक्दैन भन्दै साथ छोडेकाहरु पुुनः बाबुरामको साथमा समाजवादी पार्टी नेपालमा आउने सम्भावना अधिक रहेको छ ।
प्रचण्डको टाउको दुखाईको अर्काे कारण पार्टी भित्रको वैैचारिक धार हो नेकपाले नेपालमा सवै खाले राजनीतिक आन्दोलन सकिएको अव समृद्धि र आर्थिक कुरा गरी रहेको छ। आफनै पार्टी भित्रका ठूला नेताहरुले सार्वजानिक रुपमा नै पार्टी विचारले र सिद्धान्तले स्खालित भएको छ र व्यक्तिको विचार र गु्रपीजम भएको चरम उत्कर्समा रहेका छ । पार्टी सिद्धान्त नै के हो भन्ने कार्यक्रतामा भ्रम रहेको छ । अगुवा नेताहरुले यी विषयमा लेख, सभामा भाषण , अन्तरवार्ता मै भन्न थालेका छन् ।

यता समाजवादी पार्टी नेपालले अझै राजनीतिक आन्दोलनको खाचो रहेको औल्याएको छ । यो एकता आन्दोलनको तयारी नै भएको नवगठित पाटीले जनाएको छ । यसमा विचार र सिद्धान्त नेपालका पुराना दल भन्दा फरक र अग्रगामी रहेको यसका नेताहरु बताउँछन । एकै स्वरमा यो विचार आउछ । उनीहरुमा उत्सहा रहेको पाइन्छ । उपेन्द्र र अशोकको संगठनमा बाबुरामको विचारले आन्दोलनको रुप धारण गरे देशमा नयाँ राजनीति घटना क्रमको विकास हुने डर यसै कारण प्रचण्डलाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार