Bal-Umang

Bal-Umang

प्रदेश १ को स्थायी राजधानी विराटनगर घोषणा

विराटनगर – नेकपा प्रदेश सांसदकाे बहुमतले प्रदेश १ को स्थायी राजधानी विराटनगर घोषणा भएको छ। सोमबार बसेको प्रदेशसभा बैठकले प्रदेशको स्थायी राजधानीको टुंगो लगाएर घाेषणा गरेकाे हाे।

स्थायी राजधानीका लागि प्रदेशसभामा मतदान हुने चर्चा चले पनि विपक्षी नेपाली कांग्रेसले समेत आफ्नो प्रस्ताव फिर्ता लिएर नेकपाको प्रस्तावलाई समर्थन जनाएपछि सर्वसम्मतिमै राजधानी तोक्न सम्भव भएको हो। प्रदेशसभाको सोमबारको बैठकमा ६ जना सांसदहरु भने अनुपस्थित थिए।प्रदेश १ मा कुकल ९२ जना प्रदेशसभा सदस्यहरु छन्।

तीमध्ये ८६ जनाको उपस्थितिमा स्थायी राजधानी विराटनगरलाई राख्ने प्रस्ताव पारित भएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।विराटनगरलाई स्थायी राजधानी तोकिए पनि विराट क्षेत्रको अवधारणा अनुसार संसद र कार्यपालिकाका कतिपय संरचना इटहरी र गोठगाउँसमेतलाई समेटेर बनाइने प्रस्ताव नेकपाले संसदमा लगेको थियो।

प्रदेशको स्थायी राजधानी पारित भएपनि प्रदेशको नाम भने तय भएको छैन। नाम तय नगरी सोमबारदेखि प्रदेश अधिवेशन अन्त्य भएको छ।प्रदेशको राजधानी धनकुटा वा धरान हुनुपर्ने भन्दै नेकपा र कांग्रेसका केही सांसदहरुले माग गर्दै आएका थिए। अन्ततः उनीहरु पनि विराटनगरलाई राजधानी मान्ने प्रस्तावमा सहमत भएका छन्।यता विराटगरबासीहरुले विराटनगरमै सबै प्रशासनिक संरचनाहरु राख्नुपर्ने माग गर्दै सोमबार विराटनगर बन्दको समेत घोषणा गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार