Bal-Umang

Bal-Umang

सोलुखुम्बुमा अमेरिकन नागरिकको मृत्यु

सोलुखुम्बु । भ्रमणको सिलसिलामा सगरमाथा गएका ३६ वर्षका अमेरिकन नागरिक क्रिस्टोफर बेन्डनको शनिबार फाक्दिङमा लडेर ज्यान गएको छ ।

सगरमाथा आधार शिविर पुगेर फर्कने क्रममा खुम्बुपासाङल्हामु गाउँपालिका–३ को फाक्दिङमा लडेर उनको ज्यान गएको हो । कानुनी प्रक्रिया पूरा गरेरे उनको शव काठमाण्डौको शिक्षण अस्पताल लगिने प्रहरीले बताएको छ ।

घटनाबारे खुम्बुका प्रहरी निरीक्षकको टोली खटिएर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख शालिग्राम शर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार