Bal-Umang

Bal-Umang

घाती श्रीमान् दासको कुटाइबाट श्रीमती अञ्जुको मृत्यु

पर्सा । वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी विर्ता निवासी पन्नालाल दासको कुटाइबाट आज उनकी ३२ वर्षीय श्रीमती अञ्जु देवीको मृत्यु भएको छ ।

पारिवारिक विषयलाई लिई भएको झगडामा दासको कुटाइबाट अञ्जुको मृत्यु भएको माइती पक्षले आरोप लगाएको प्रहरीले जनाएको छ । अञ्जुको शवलाई सद्गत गर्न घाटतर्फ लैजाने क्रममा माइती पक्षले दिएको जानकारीको आधारमा कारवाही गर्दा शवलाई छाडी श्रीमान्सहितका ससुराली पक्ष फरार भएको पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।

उनले अञ्जुको शरीरमा घाउ देखिएपछि शवलाई नारायणी अस्पतालमा परीक्षण गराइएपछि माइतीपक्षको जिम्मा लगाएको बताए । घटनामा संलग्न रहेका श्रीमान् दासलगायतकाको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार