Bal-Umang

Bal-Umang

महानगरका जनप्रतिनिधिलाई कार्यकक्षभित्रै किन थुने?

विराटनगर । बिराटनगर महानगरपालिका–६ का जनप्रतिनिधिलाई सर्वसाधारणले कार्यकक्षमै थुनेका छन् ।

जनप्रतिनिधि र कर्मचारीले सुकुम्बासीको घर भत्काइदिएको भन्दै सर्वसाधारणले वडाअध्यक्ष बिजय कामत र सदस्यसहित कर्मचारीहरुलाई कार्यकक्षमै थुनेका छन् । उनीहरुलाई कार्यकक्षमै राखेर बाहिरबाट ताला लगाइएको हो ।

सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै महानगरले डोजर लगाएर सुकुम्बासीका टहरा भत्काएको थियो । आक्रोसित पीडित शुक्रबार १० बजेअघि नै वडा कार्यालयमा पुगेका थिए । उनीहरुले अध्यक्ष कामत र कर्मचारी भूमाफियाको प्रभावमा परेर आफूहरुको उठिबास लगाएको आरोप लगाउँदै कार्यकक्षमै ताला लगाएका थिए । जनप्रतिनिधिलाई भित्र थुनेर सुकुम्बासीहरुले बाहिर नाराबाजी गरेका थिए ।

उता महानगरपालिकाका मेयर भीम पराजुलीले भने सार्वजनिक जग्गामा व्यक्तिले पैसा उठाएर सुकुम्बासीले टहरा बनाएपछि डोजर लगाइएको बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार