Bal-Umang

Bal-Umang

उपभोक्ताको जीवनसँग खेलवाड गर्नेलाई कानूनी दायरामा ल्याउनु पर्नेमा जाेड

काठमाडौं । उपभोक्ताको जीवनसँग खेलवाड गर्नेलाई कुनै पनि हालतमा कानूनी दयारामा ल्याउनु पर्ने बताए।
राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज (मंगलबार) जनकपुरमा आयोजित उपभोक्ताको मानवअधिकार अवस्था विषयक प्रदेशस्तरीय कार्यशालाको उदघाटन गर्दै प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउतले फर्मालिन (शवलाई गन्हाउन नदिने) औषधिको प्रयोग गरी वस्तु बिक्री गर्ने व्यक्ति मानव हत्यारा भएको बताए ।

विगतमा सडेका मिठाईलाई गुँदपाक बनाई बिक्री गर्ने व्यवसायीले मानवको जीवनसँग खेलवाड गर्दा पनि दण्डित नहुनु विडम्बना भएको बताएका छन् । उपभोक्तालाई रोगी बनाउने वस्तु बिक्री गर्नेलाई अपराधी सरह कारवाही गर्न आवश्यक भएको बताए ।

उनले जनस्वास्थ्यमा खेलवाड गर्ने मिठाई, मासु, झिल्ली, कचरीलगायतका व्यवसायीमाथि कारवाही प्रक्रियालाई प्रभावकारी बनाउनुपर्ने बताए । धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले आगामी दिनमा उपभोक्ताको हितलाई ध्यानमा राखी धनुषा जिल्लामा खुला रूपमा दुग्ध बिक्री वितरणमा रोक लगाइने बताए ।

उपभोक्ताहित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानियाँले दोषी उपर कारवाहीको अवस्था कमजोर भएकाले उपभोक्ताका गुनासो बढ्दै गएको बताए ।

आयोगका सदस्य मोहना अन्सारीले संविधान र कानूनले उपभोक्ता अधिकारको संरक्षणका लागि संघ, प्रदेश र स्थानीय तहलाई जिम्मेवार बनाउने गरी कानूनी व्यवस्था गरेको बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार