Bal-Umang

Bal-Umang

किन स्थगित भयाे राजपाको महाधिवेशन?

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को महाधिवेशन राजपा अध्यक्ष मण्डलको बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको छ।

आवश्यक तयारी पूरा नभएको भन्दै बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो। यसअघि राजपाले बैशाख ७ देखि ९ गतेसम्म आफ्नो एकताको महाधिवेशन गर्ने निर्णय गरेको थियो।

बिहीबार बसेको अध्यक्ष मण्डलको बैठकले अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरेको छ।

महाधिवेशनको मिति घोषणापछि राजपामा अन्तरिक कलह बढ्दै गएको थियो। विधानअनुसार अध्यक्ष मण्डलको नेतृत्व अध्यक्ष मण्डलमा रहेका ६ जनाले चक्रिय प्रणालीअनुसार गर्नुपर्ने उल्लेख छ।तर लामो समयसम्म ठाकुर अध्यक्ष मण्डलको संयोजक भएको र मंसिरमा एक्कासी उनलाई बहुमतको आधारमा संयोजकबाट हटाइएपछि विवाद उत्कर्षमा पुगेको थियो। गत २०७४ बैशाखमा मधेस केन्द्रित ६ दल एक भई राजपा बनेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार