Bal-Umang

Bal-Umang

महन्थ ठाकुरकाे यस्तो कदमले राजपा फुटको संघारमा

काठमाडौं – केही साताअघि सरकारलाई दिएको समर्थन फिर्ता लिएको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)भित्र फेरि अन्तरिक कलह सुरु भएको छ। अहिले पनि पार्टी भित्र महन्थ ठाकुरको अहँकार र घमण्डका आन्तरिक कलह सुरु भएको हो।

राजपा नेपालको अध्यक्षमण्डको बैठकमा ठाकुर जसरी प्रस्तुत भएका छन् त्यसले कार्यकर्ताहरूको मन खिन्न बनाइदिएको छ । राजपाको संयोजक र नेता आफू मात्रै हुँ भन्ने ठाकुरको अहँकारले पार्टीलाई निकट भविष्यमै नोक्सानी पु-याउने एक नेताले बताए ।

मंगलबार पार्टी मुख्यालय बबरमहलमा बसेको अध्यक्षमण्डलको बैठकमा कहाँ बस्ने भन्ने कुरा संयोजकले तोक्ने हो । तर, ठाकुर आफ्नो भन्दा अर्को नेताको कोठामा जान मन गर्दैनन् ।त्यसपछि ठाकुरकै कार्यकक्षमा बैठक बसाल्नुपर्ने बाध्यता संयोजकलाई हुने गरेको छ । मंगलबार पनि ठाकुरकै कार्यकक्षमा बैठक बसेको स्रोतको भनाइ छ।

राजपा संयोजक पद खुस्किएपछि तनावमा परेका ठाकुरले छ महिनासम्म राजपालाई अगाडि बढ्नै दिएनन् । अहिले पनि राजपालाई अनिर्णयको बन्दी बनाउनुमा ठाकुरकै प्रमुख हात छ भन्ने आरोप नेताहरूको छ । उनले कुनै पनि निर्णय गर्न दिँदैनन् । सधैँ असहयोग गरिरहन्छन् । जसले पार्टी सञ्चालनमा समस्या भएकाे छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार