Bal-Umang

Bal-Umang

ओलीकोे रोड म्यापमा विखण्डरीकारी मुद्दा छाडेका सीकेले चाले प्रदेश २ मा यस्तो कदम

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माले प्रदेश २ को सरकारको छावीलाई जनता माझ दिग्भ्रमा बनाउनको लागि केही साताअघि विखण्डरीकारी मुद्दा छाडेको सीके राउतलाई परिचालन गरेका छन्।

बिखण्डनकारी गतिविधि छोडेर मूलधार राजनीतिमा आउँदै जनमत पार्टी घोषणा गरेका सीके राउतलाई प्रधानन्त्री ओलीले ठोस एजेण्डाका साथ हुरीहुण्डरी प्रभावित क्षेत्रमा पठाएका छन्। स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सीकेलाई मधेसमा रहेको दुई मधेशी पार्टीको विकल्पको रूपमा खाडा गर्ने तयारीमा छन्। स्रोतले,’भन्यो सीकेलाई ओलीले फोन गरेर प्रदेश सरकार र मधेसवादी पार्टीको आलोचना गर्न आन्तरिक रूपमा निर्देशन दिएका छन्।’

प्रधानमन्त्री ओलीले राजनीतिक सहमति मार्फत मूलधारको राजनीतिमा सीके आएपछि उनलाई मधेसवादी दलको विरुद्ध खडा गर्ने गृहकार्य थालेका छन्। स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सीकेलाई निकट भविष्यमा प्रदेश २ को नेतृत्वसहित केन्द्र सरकारमा समेत राम्रो अवसर दिने अश्वान दिदैँ प्रदेश २ को सरकार र प्रदेश २ मा नेतृत्व गरिरहेको पार्टीविरुद्धको गल्ती खोजेर सार्वजनिक गर्न निर्देशन दिएका छन्। स्रोतले भन्यो,’ मधेसवादी दल राजपा र फोरमविरुद्ध सीकेलाई प्रधानमन्त्री ओलीले विभिन्न कोणबाट प्रयोग गरिरहेका छन्।’

पछिल्लो समय सीके ओलीको निर्देशन पूरा गर्नको लागि जनतासँग नजिक भएका छन्। ओलीको निर्देशनपछि सीके हुरीहुण्डरी प्रभावित क्षेत्रमा पुगेर प्रदेश सरकार र राजनीतिक दलहरुको रवैया बुझेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार