Bal-Umang

Bal-Umang

राहत तथा उद्धारको लागि प्रदेश सरकारको आह्वान, मृतक परिवारलाई ३ लाख दिने घोषणा

जनकपुरधाम । गएराति आएको भीषण हावाहुरीका कारण बारा र पर्सामा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रदेश सरकारले राहत तथा उद्धारमा सहयोग गरि दिन सबै पक्षसंग आह्वान गरेको छ ।

आज विहानै बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्राकृतिक विपद्मा परि निधन भएका मृतक परिवारलाई तीन लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ । त्यसै गरि प्रदेश सरकारले घाइतेहरुको सम्पूर्ण उपाचार खर्च प्रदेश सरकारले बेहार्ने र प्रभावित क्षेत्रमा तत्काल खाना र कपडाको व्यवस्था गर्ने निर्णय गरेको हो ।

यसै गरि मन्त्रिपरिषदको बैठकले घटनाको विस्तृत अध्ययन एवं राहत तथा उद्धारको लागि आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्च स्तरीय तत्काल राहत तथा उद्धार समिति समेत गठन गरेको छ । उक्त समितिमा समाजिक विकासमन्त्री नवल किशोर साह, बन उद्याग तथा पर्यटन मन्त्री नवल किशोर साह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा र कानून मन्त्रालयको उपसचिव समितिको सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।

यसै गरि मुख्यमन्त्री राहत कोषमा सहयोग गर्नका लागि मुख्यमन्त्री तथा मन्त्री परिषदकोकार्यालयले केही बेरमै खाता नम्बर सार्वजनिक गरिने जनाइएको छ । सरकारले यस दुःख घडीमा सम्पूर्ण संघ संस्था, उद्योगी व्यवसायी र प्रदेश तथा देसवासीलाई हातेमालो गर्न आह्वान समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार