ओलीलाई तीन दिनभित्र सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौँ —सरकारद्वारा प्रतिबन्ध लाइएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका प्रभावशाली नेता हेमन्त प्रकाश ओलीलाई उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ। केही दिनअघि काभ्रेबाट काठमाडौँ आउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेका नेता ओलीलाई दिन दिनभित्र उपस्थित गराउन आदेश दिएको हो। ।

ओलीकी छोरी विपनाले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । रिटमा प्रारम्भिक सुुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले बन्दी बनाउनुको कारणसहित तीन दिनभित्र अदालतमा वलीलाई उपस्थित गराउन आदेश दिएको हो ।
ऋष्तष्शभल

चन्द समूहका मध्य कमान्ड इन्चार्ज वली चैत ९ मा काभ्रेको खानीखोला(७, मिल्चेबाट पक्राउ परेका थिए । उनीसहित चन्द समूहका ९ जनालाई बा१७च ४८९३ नम्बरको स्कर्पियो जिपबाट काठमाडौं आउँदै गर्दा प्रहरीले पक्राउ गको थियो । प्रहरीले वलीमाथि संगठित अपराध मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरबाट ८ दिन थुनामा राख्न अनुमति पाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार