Bal-Umang

Bal-Umang

विप्लव नेकपाको कालिकोट बन्यो लालकिल्ला, को कहाँको नेतृत्व गर्दै ?

कालिकोट – पछिल्लाे समय नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको शक्तिशाली लालकिल्लाको रुपमा कालिकोट देखिएको छ। विप्लवपछिको दोस्रो नेतृत्व समालेका नेकपाका प्रवक्ता खड्कबहादुर विक (प्रकाण्ड) लगायतका क्रान्तिकाे मुद्दा उठाउने सयौं नेता कालिकोटकै छन्।

कालिकोटबाट पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य र पोलिटब्युरो जस्ता पदमा नेताहरूले प्रतिनिधित्व गरिरहेका छन्। विप्लवको अखडा र प्रभावित जिल्लाको रुपमा कालिकोटलाई सुरक्षा निकायले पहिलो सूचीमा राखेको छ।

देशका ठुला सहरमा नेकपाको नेतृत्व कालिकोटले गरेको प्रवक्रा खड्कबहादुर विक ९प्रकाण्ड०को भनाई छ। हाल प्रकाण्ड संगठन विभाग प्रमुखको रूपमा पनि क्रियाशील छन्। ललितपुर, भक्तपुरलगायत ४५ वटा जिल्लामा पार्टीका अध्यक्ष कालिकोटकै रहेको प्रवक्ता प्रकाण्डले जानकारी दिएका छन्। कालिकोटकी पुर्व सभासाद धिरिन्द्रा उपाध्याय काठमाडौं इञ्चार्ज रहेकी छन्।

त्यस्तै कालिकोटकै पुर्व राज्यमन्त्री नवीन विक ललितपुर जिल्लाको इन्चार्ज बनेका छन्। भेरी कर्णाली व्युरोका सबै जिल्ला इञ्चार्ज कालिकोटकै छन्। कालिकोटबाट मात्र १३ जना केन्द्रीय सदस्य र १३ जना पोलिटब्युरो सदस्य छन्। जसमा अधिकांशलाई जिल्ला इन्चार्ज र प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ। कालिकोटकै खम्ब बुढा भेरी कर्णाली ब्युरोका इन्चार्ज हुन्। कालिकोटका लोकजंग शाही, कर्ण भण्डारी, कालीबहादुर शाही, रणदीप ऐडी, विशाखर जैसी, शितल बिष्ट, अनिपाल बिक, पदम बिक र कञ्चन शाहीले ठुलो नेतृत्व समाल्दै आएका छन्।

कालिकोटबाटै युवा संगठन नेपालको केन्द्रीय उपाध्यक्ष दिनेश विक रहेका छन्। अखिल नेपाल महिला क्रान्तिकारी संघको केन्द्रीय महासचिव धिरिन्दा उपाध्याय हुन्। त्यस्तै अखिल क्रान्तिकारी विद्यार्थीको केन्द्रीय कोषाध्यक्षमा नरेन्द्र विक रहेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार