Bal-Umang

Bal-Umang

कसरी भयो विप्लव नेतृत्व नेकपाको जन्म?

काठमाडाैँ । करिब वि.सं. २०५२ साल तिर सुरू भएकाे सशस्त्र जनयुद्धको बाटो छाडेर २०६३ सालमा शान्ति प्रक्रियामा आएपछि १० वर्ष नबित्दै तत्कालीन माओवादी पार्टी ६ टुक्रामा विभाजित भएको थियो। माओवादीका तत्कालीन उपाध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाका साथै ३० प्रतिशतभन्दा बढी केन्द्रीय नेताहरूले माओवादी पार्टी फुटाएपछि नेत्रविक्रम चन्द पनि सोही पार्टीका प्रभावशाली नेताका रूपमा देखिए।

मोहन वैद्यको नेतृत्वमा रहेको नेकपा माओवादीमा रहेका रामबहादुर थापा, देवप्रसाद गुरुङ, पम्फा भूषाललगायत नेताहरू पार्टी फर्केपछि चन्दले नेकपा माओवादीसँग पनि सम्बन्ध–विच्छेद गरी २०७१ मंसिर ८ गते आफ्नो नेतृत्वमा नेकपा माओवादी पुनर्गठन गरेको बताएका थिए। उनले त्यतिबेला नयाँ पार्टी घोषणा गर्दे विप्लवले प्रचण्ड र वैद्यले नेतृत्व गरेको माओवादी पार्टीले जनताको एजेन्डा उठाउन नसक्दा आफूले अप्रिय निर्णय लिनुपरेको बताएका थिए।

जनयुद्धको बेला ज्यान गुमाएका र बलिदान दिएका नागरिक र तिनका परिवारको समस्याबारेका मुद्दा उठाउन फेरि जनतामै जानुपरेको चन्दले दाबी गरेका थिए। चन्दले सबैभन्दा ठुलो दुस्मन कांगेस रहेको पनि उद्घोष गरेका थिए। उनले टुक्राटुक्रा भएर विभाजित भएका सबै माओवादी पार्टीहरूलाई फेरि एकपटक एकीकृत बनाउने अभियान चलाउनेसमेत बताएका थिए। आफूहरूविरुद्ध लाग्ने सरकार वा राजनीतिक दलको बदला लिन पनि नेकपा माओवादी तयार भएर बस्ने संयोजक चन्दले बताएका थिए। २०७१ पुस २३ देखि २५ गतेसम्म नवगठित पार्टीको राष्ट्रिय सम्मेलन गरी कार्यदिशा तय गर्ने नेकपा जनाएको थियो। त्यसपछि २०७३ फागुन १ गते काठमाडौंका उद्घाटन गरी ८ गते रोल्पाको थवाङमा सम्पन्न गरेको आठौं महाधिवेशनले पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी अर्थात् नेकपा पारित गरेको थियो। नवगठित पार्टीको महासचिव विप्लव तोकिएका थिए। त्यसयता उनले २०७४ सालमा भएको स्थानीय तथा प्रदेश र संघीय चुनावमा बहिस्कार गरेको थिए।

२०२४ सालमा रोल्पाको इरिबाङका जन्मिएका चन्दले हालका सभामुख कृष्णबहादुर महराले पढाउने बालकल्याण माध्यमिक विद्यालयमा प्रारम्भिक शिक्षा लिएका थिए। माओवादी जनयुद्धकालमा शक्ति बस्नेत, कुलबहादुर केसी, खड्ग विश्वकर्मा र चन्दको एउटा समूह थियो। सो समूह तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहालनिकट थिए। तत्कालीन माओवादीको हेडक्वार्टर रोल्पामा रहेको बेला दाहालनिकट रहेका चन्द शान्ति–प्रक्रियापछि दाहालले बस्नेतलाई च्यापेपछि बिच्किएका थिए। संविधान–सभाको पहिलो निर्वाचनपछि बनेको सरकारको नेतृत्व गर्ने क्रममा दाहालले बस्नेतलाई स्वकीय सचिवमा नियुक्त गरेपछि चन्द र विश्वकर्मा एकातिर भएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार