Bal-Umang

Bal-Umang

लेखा समिति जिल्ला जाने

रुपन्देही – प्राकृतिक स्रोत साधन सम्बन्धमा भइरहेको अनियमितता अनुगमनका लागि प्रदेश ५ को प्रदेशसभा अन्र्तगत सार्वजनिक लेखा समिति जिल्ला जाने भएको छ ।

अनुगमनका लागि फागुनको २५ गते प्रदेशका छ जिल्लामा जाने निर्णय भएको समितिका सभापति डिल्लीबहादुर चौधरीले जानकारी दिए।

समितिले पहिलो चरणमा प्रदेशका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, नवलपरासी, रुपन्देही जिल्ला अनुगमनका लागि समितिका सदस्यको जिम्मेवारी बाँडफाँट गरेको छ । समितिले एक हप्ताको समय अवधिमा जिल्लाको वस्तुस्थिति बुझेर प्रतिवेदन तयार गर्ने छ ।

जिल्लामा वन जङ्गल खनिज पदार्थ दुरुपयोग भएको र ढुङ्गा, गिट्टी बालुवा निकासी र इँटा उद्योग मापदण्डअनुसार चले÷नचलेको जिल्लामै पुगेर अनुगमन गरी यथार्थ पत्ता लगाउने सभापति चौधरीले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार