Bal-Umang

Bal-Umang

प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन : दलाली र चाकडी नगर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीलाई दलाली वा चाकडी नगर्न निर्देशनात्मक आदेश दिएका छन्। नेपाल प्रहरीद्वारा आयोजित १७८ औं दीक्षान्त समारोहको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले सरुवा बढुवामा कुनै गुनासो नआउने गरी काम गर्न पनि प्रहरी अधिकारीहरुलाई सचेत गराए ।

ओलीले प्रहरी नेतृत्वलाई कार्यसम्पादन मूल्यांकन र बढुवाका लागि न्यायोचित प्रणाली बनाउन समेत निर्देशन दिए ।

प्रहरी जवानदेखि उच्च अधिकृत कसैले पनि अब संगठन भेदभावको अनुभूत गर्न नपर्ने उनको भनाइ थियो । सो अवसरमा प्रहरी निरीक्षकको आधारभूत तालिम पूरा गरेका १२ महिला र ८३ पुरुषले पद तथा गोपनीयताको सपथ लिएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार